काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाहले चुनावमा भएको खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले चुनावमा १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च गरेका छन्।
गत २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट उम्मेदवार बनेका शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए।
