काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२५ फाल्गुन २०८२
अ+
अ-

झापा। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरादह ५ का ३४ वर्षीय भीष्म सिटौला छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज एवं दुर्व्यवहार गरेका थिए।

पक्राउ परेका सिटौलालाई सोमबार जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकामा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिए।