काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन तथा निरीक्षण गरेका छन्।
त्यसअवसरमा उनले पुरुष तथा महिला हिरासत कक्षमा रहेका थुनुवाहरूसँग कुराकानी गरेका थिए। अनुगमनमा अर्यालसहित गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको टोली सहभागी थियो।
उनले परिसर हातामा वृक्षरोपणसमेत गरेका थिए।
अनुगमनको क्रममा मन्त्री अर्यालसहितको टोलीलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले परिसरले प्रवाह गरिरहेको सेवा, विद्यमान अवस्था, तथा आगामी योजना साथै निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपछि सुरक्षा व्यवस्थापनमा अपनाइएको रणनीतिबारे जानकारी गराएका थिए।