काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेर ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ र १० ग्राम ४ हजार ६३८ रुपैयाँ रहेको थियो।