काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दक्षिण अफ्रिकाका ग्यारी किर्स्टेन नियुक्त भएका छन्।

सोमबार श्रीलंका क्रिकेट संघ (क्रिकेट श्रीलंका)ले किर्स्टेनलाई दुई वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।

किर्स्टेनले अगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा हुने आइसीसी एकदिवसिय अन्तर्राष्ट्रिय विश्वकपमा टिमको नेतृत्व गर्ने संघले जनाएको छ।

किर्स्टेन दक्षिण अफ्रिकाका प्रशिक्षक तथा पूर्वक्रिकेटर हुन्।

किर्स्टेनले भारतको राष्ट्रिय टिममा पनि जिम्मेवारी निभाइसकेका छन्। उनी भारतको राष्ट्रिय टिममा सन् २००८ देखि सन् २०११ मा मुख्य प्रशिक्षक थिए।

यसपछि, उनी सन् २०११ देखि सन् २०१३ सम्म दक्षिण अफ्रिकाकै मुख्य प्रशिक्षक नियुक्त भएका थिए।