काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन्।

प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना सन्देश दिँदै सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई दिएका छन्। ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु।’

शुभकामना सन्देशमा प्रधानमन्त्री तोब्गेले आगामी सरकारसँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस् :

भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोन संवाद