काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२६ फाल्गुन २०८२
अ+
अ-

गुल्मी। गुल्मी क्षेत्र १ का नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन आयोगमा खर्च विवरण पेस गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग काठमाडौँमा पेस गरेका हुन्।

ज्ञवालीद्वारा पेस गरिएको विवरणअनुसार चुनावी प्रचारप्रसार र व्यवस्थापनमा २६ लाख ७५ हजार ३३० रुपैयाँ खर्च भएको छ।

विवरण अनुसार खाना तथा आवासतर्फ ८ लाख ५० हजार रुपैयाँ, सम्पर्क कार्यालय स्थापना ५ लाख ८० हजार रुपैयाँ, स्टेसनरी तथा प्रचार सामग्री छपाइ ४ लाख ५० हजार रुपैयाँ, विज्ञापन तथा सञ्चारतर्फ १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायाततर्फ १ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।