काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले अदालतलाई धम्काएर न्याय नहुने बताएकी छिन्।

‘अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवस’ एवं ‘अन्तर्राष्ट्रिय महिला दिवस’ का अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा न्यायाधीश मल्लले डर र धम्कीबाट कसैलाई पनि न्याय नहुने बताइन्।

‘डर, धम्कीबाट कुनै पनि न्याय सम्पादन हुन सक्दैन,’ उनले भनिन्, ‘सुशासन न्यायको आत्मा हो।’ संविधानले सरकार, न्यायपालिकालाई छुट्टाछुट्टै सीमा तोकेर अधिकार दिएको उल्लेख गरिन्।

स्वतन्त्र न्यायपालिकालाई भिडबाट धम्क्याएर न्याय नहुने न्यायाधीश मल्लले बताउँदै उनले न्यायसम्पादनमा निडर भएर काम गर्न सबैलाई आह्वानसमेत गरिन्।

देशमा सुशासन स्थापना गर्न निष्पक्ष, स्वच्छ र निडर भएर सँगै अगाडि बढ्न सकेमा लोकतन्त्र र सुशासनको स्थापना हुने भन्दै सबैलाई यही बाटोमा अगाडि बढ्न आग्रह गरिन्।