काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। ३४ महिनादेखि हुन नसको सहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ मिति फेरि घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच भएको छलफलपछि ‘ए’ डिभिजन लिग आगामी ३० चैतदेखि सुरु गर्ने सहमति भएको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईसँगको छलफलपछि खेलाडी संघले एन्फा कार्यालयमा गरेको तालाबन्दी पनि खोलिएको छ। आइतबारदेखि लागेको ताल खुलेपछि भएको छलफलमा दुवै पक्षबीच ‘ए’ डिभिजन लिग यही ३० चैतबाट सञ्चालन गर्ने सहमति भएको हो।

साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले जम्मा गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी खेलाडीहरूको सेवा-सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम पनि यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति भएको छ।