काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२६ फाल्गुन २०८२
तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको खण्डमा मंगलबार झन्डै दुई घण्टा ट्राफिक जाम भएको छ। एउटा ट्रक बिग्रिएपछि सडक अवरुद्ध हुँदा सवारीसाधन झन्डै दुई घण्टासम्म रोकिए।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार सडकको बीच भागमै ट्रक बिग्रिएपछि यो क्षेत्रमा सवारीसाधनको लामो लाइन लागेको थियो।

पृथ्वी राजमार्ग राजधानी काठमाडौँलाई देशका पश्चिमी तथा मध्य भूभागसँग जोड्ने मुख्य मार्ग भएकाले यसलाई ‘काठमाडौंको लाइफलाइन’का रूपमा लिने गरिन्छ।

हेरौँ राजमार्ग अवरुद्ध हुँदा देखिएको सवारीसाधनको लामको ड्रोन भ्यु :