काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

२७ फाल्गुन २०८२
अ+
अ-

चितवन। चितवन २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण पेस गरेका छन्। उनी रास्वपाका पार्टी सभापतिसमेत हुन्।

निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार नौ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख छ। आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च १४ हजार २००, वडास्तरीय प्रचारमा ४६ हजार, प्रचारका लागि झन्डा र ब्याच खरिदमा एक लाख १२ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

यसैगरी प्रचारका लागि ब्यानर र ‘स्टिकर’ खरिद ५५ हजार, खाद्यान्न तथा रासन खरिद एक लाख ९६ हजार, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेलामा एक लाख ८० हजार रुपैयाँ खर्च भएको छ।

पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मंगलबार निर्वाचन आयोगमा पेस गरेकी हुन्।