काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ –नेकपा एमालेका महासचिव योगेश भट्टराईले पार्टीभित्र फैलिरहेको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै यस्तो गतिविधि बन्द गर्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पार्टी सचिवालय बैठकको अध्यक्षता नगरेको र बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको जानकारी गराए। भट्टराईले यो समय सबैका लागि शोकको घडी भएकाले एक–अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय हुने भनाइ राखे।

उनका अनुसार पछिल्ला दिनमा पार्टीका माथिल्लो तहका केही नेताबाट आफू लगायत अन्य नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भइरहेको छ। उनले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका छन्।