काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।
नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक सांसदको अन्तिम सूची टुंगो लगाएका हुन्।
जसअनुसार खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपांगताबाट प्रेमबहादुर बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक, गणेश विश्वकर्मा र थारू समूहबाट निराशा चौधरी डगौरा छन्।
सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको नेकपाले जनाएको छ।