काठमाडौँ। तेस्रो एकदिवसीयमा बंगलादेशले पाकिस्तानलाई ११ रनले पराजित गर्दै शृङ्खला २-१ ले जितेको छ।
तेस्रो तथा अन्तिम एकदिवसीयमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै बंगलादेशले पाकिस्तानलाई २९१ रनको लक्ष्य राख्यो। बंगलादेशले राम्रो सुरुवात गर्यो। सैफ हसन र तान्जिद हसनले पहिलो विकेटको लागि १०५ रनको साझेदारी गरे।
तन्जिद हसनले शतक बनाए। उनले १०७ रन बनाएर पभेलियन फर्किए। उनीसँगै तौहिद हृदयोयले ४८, लिटन दासले ४१ र सैफ हसनले ३६ रन बनाए।
लक्ष्य पछ्याउँदै पाकिस्तान ५० ओभरमा २७९ रनमा अलआउट भयो। पाकिस्तानका लागि सलमान अली आघाले शतक बनाए, तर उनले आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।
आघाले ९८ बलमा १०६ रन बनाए। बंगलादेशका तन्जिद हसनलाई शतकका लागि प्लेयर अफ दी म्याच घोषित गरियो।