काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२ चैत्र २०८२
अ+
अ-

सुर्खेत। शिकार खेल्न गएका सुर्खेतका पाँच जना सम्पर्कविहीन भएका छन् । फागुन २३ गतेदेखि शिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्जतर्फ गएका पाँच जना सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ बर्षीय रेशम समसेली, ४१ बर्षीय रबिलाल दमाई, ३४ बर्षीय रामबहादुर घर्ती ३० बर्षीय सुनिल समसेली र सुर्खेतको लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दिया बस्ने वर्ष ४५ बर्षीय दुर्गा बहादुर सिजाली सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनीहरु वेपत्ता भएको खबर प्रहरीलाइ सोमबार मात्र गरिएको थियो । प्रही सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा खोजतलासका लागि टोली परिचालन भएको छ ।