काठमाडौँ। इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ।
एभर्टनलाई घरेलु मैदानमा सहज जित दिलाउन बेटोले निर्णायक भूमिका खेले। उनले खेलको ३३ औँ मिनेटमा गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाए।
पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफको ६२ औं मिनेटमा एभर्टनका बेटोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
खेलको ७६ औं मिनेटमा इलिमान एनडियारले थप गोल गर्दै चेल्सीविरुद्ध ३–० को जित सुनिश्चित भएको थियो।
चेल्सी विरुद्धको यो प्रभावशाली जितसँगै एभर्टनले तालिकामा महत्त्वपूर्ण तीन अंक बटुलेको छ।