काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तरगत आज एपीएफका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट शतक प्रहार गरेका छन्।
टस जितेर बागमतीले फिल्ड रोजेपछि सुरुमा ब्याटिङ गरेको सशस्त्र प्रहरीका लागि आशिफ शेखले शतक प्रहार गरेका हुन्।
आशिफले ८८ बलको सामना गर्दा १३ चौका र तीन छक्काको सहयोगमा सय रन पूरा गरेका हुन्। ३३ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १९४ रन बनाएको पुलिसका लागि अहिले शेख र सुमित महर्जन क्रिजमा छन्। सुमितले ३७ बलको समना गर्दा १८ रन बनाएका छन् भने शेखले १०५ रन बनाएका छन्।
यता तल्लो मुलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल भइहरेको छ।
प्रतियोगिता शनिबारदेखि सुरु भए पनि वीरगञ्ज र जनकपुर दुवै स्थानका खेल वर्षाले रद्द भएका थिए।