काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

८ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृह मन्त्रालयमा छलफल भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता मन्त्रालयमा आइतबार बैठक बसेर सुरक्षा तयारीबारे छलफल भएको हो। गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबारभित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो।

बैठकमा गृहमन्त्री अर्यालले सांसदहरूको शपथ ग्रहण, संसद् अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक र सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिए। सुरक्षाको आवश्यकीय प्रबन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो।