काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको पद तथा गोपनियताको शपथग्रहण ११ चैत बुधबार हुने भएको छ।

केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार बिहान सवा ११ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यलयले जनाएको छ।

ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट शपथ लिएपछि १२ चैतमा नवनिर्वाचित सांसदहरूलाई केसीबाट शपथ खुवाउनेछन्।

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्ने व्यवस्था छ।

राष्ट्रपति कार्यालयले शपथग्रहण समारोहमा सहभागी हुन विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरेको छ।