काठमाडौँ। चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन माग गरेको छ।
बोर्डले सोमबार सूचना जारी गर्दै चलचित्रका विभिन्न विधामा विसं. २०८२ का लागि पुरस्कार वितरणका लागि सूचीकृत हुन आग्रह गरेको हो।
पुरस्कारका लागि सूचीकृत हुने चाहने चलचित्र ०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शन भएको हुनुपर्ने बोर्डले जनाएको छ। विधागत रूपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्नेछ।
बोर्डले हरेक वर्ष राष्ट्रपतिमार्फत राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार वितरण गर्दै आएको छ।