काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ चैत्र २०८२
अ+
अ-

नयाँदिल्ली। भारतीय सेयरबजारमा पहिरो गएको छ। भारतीय सेयरबजारमा सोमबार उल्लेखनीय गिरावट आएको छ।

सेन्सेक्स १८३६.५७ अंक अर्थात् अघिल्लो कारोबार दिनको तुलनामा २.४६ प्रतिशतले घटेर ७२,६९६.३९ विन्दुमा बन्द भएको छ। निफ्टी पनि ६०१.८५ अंक अर्थात् २.६० प्रतिशतले घटेर २२,५१२.६५ मा बन्द भएको छ।

सोमबार भारतीय सेयर बजारमा लगानीकर्ताको सम्पत्ति १४ लाख करोड रुपैयाँभन्दा बढीले घटेको छ। बैंकिङ, अटो, धातु र एफएमसीजी स्टकमा सबैभन्दा ठूलो गिरावट देखिएको छ।

भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा सबैभन्दा न्यून स्तरमा पुगेको छ। अहिले प्रतिडलर ९३.८४ रुपैयाँ पुगेको छ।

यसअघि २० मार्च (शुक्रबार) मा सेयरबजार बढेको थियो। सेन्सेक्स ३२५ अंक (०.४४ प्रतिशत) ले बढेर ७४,५३२ मा बन्द भएको थियो। यस्तै निफ्टी ११२ अंक (०.४९ प्रतिशतले) ले बढेर २३,११४ मा बन्द भयो।

भारतमा बम्बई स्टक एक्सचेन्जको सूचकलाई सेन्सेक्स भनिन्छ भने राष्ट्रिय स्टक एक्सचेन्जको सूचकलाई निफ्टी भनिन्छ।