काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उपाध्यक्ष स्वर्णिम वाग्लेले सांसदका रूपमा शासकीय सुधारमा इमानदार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार सिंहदरबार पुगेर सांसदको शपथ लिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष वाग्लेले आफू तनहुँका जनताको आकांक्षाअनुसार काम गर्ने बताएका हुन्।
उनले भने, “सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ। हाम्रो जुन वाचापत्र छ, त्यसैअनुसार काम गर्छौँ।”
वाग्लेले आफ्नो कार्यकालमा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने संकेत गर्दै पार्टीको प्रतिबद्धताअनुसार अघि बढ्ने स्पष्ट पारे।