काठमाडौं । पूर्व प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।
सामाजिक सञ्जालमार्फत बधाई दिँदै कार्कीले युवा नेतृत्वप्रति आफ्नो विश्वास प्रकट गर्दै जनताको अपेक्षा पूरा गर्न शाह सफल हुने आशा व्यक्त गरेकी हुन्।
उनले ३६ वर्षीय युवा नेतृत्वलाई देशको जिम्मेवारी सम्हाल्न पाएकोमा खुशी व्यक्त गर्दै जोस र होसको सन्तुलन कायम गर्दै जनादेशको सम्बोधन गर्न आग्रह गरिन्।
कार्कीले आफ्नो सन्देशमा भनिन्, “नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।”