काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको जिल्ला सभापतिको भेला स्थगित गरिएको छ ।
मंगलबार र बुधबार गरी दुई दिन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेला गरेको सो समूहले बिहीबारको लागि तय भएको जिल्ला सभापतिहरूको भेला स्थगन गरेको हो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए ।
बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिए ।