टोकियो । जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्षको एसईईमा सहभागी भएका छन्। आजबाट सुरु भएको उक्त परीक्षामा विद्यालयका कुल २३ जना विद्यार्थीले भाग लिएका छन्।