काठमाडौँ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक प्रारम्भ हुनअघि नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको संयुक्त बैठक बसेको छ।
पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। बैठकमा प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल हुने सांसद मोहन आचार्यले जानकारी दिए।
२१ फागुनमा सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधिसभाको पहिलो बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्दै छ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने बैठकमा पार्टीबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकमा छलफल चलिरहेको छ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।