काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ चैत्र २०८२
दीपक भट्ट।
अ+
अ-

काठमाडौँ। व्यवसायी दीपक भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

काठमाडौँको गैह्रीधाराबाट उनी पक्राउ परेका हुन्।

भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको थियो। सम्पत्ति शुद्धीकरण विभागले अध्यागमन विभागलाई पत्राचार गरेपछि भट्टको राहदानी आइतबारै रोक्का भइसकेको छ।

उनी इन्फिनिटी होल्डिङस्‌का प्रमुख हुन्। नेता तथा कर्मचारीहरूलाई साथमा लिएर ठूला परियोजना हातमा लिने गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालोसूचीमा राख्न पत्राचार भएको थियो।