काठमाडौँ। पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ।
नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न उनलाई बिहीबार बिहान थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना गरिएको हो।
चिकित्सकले आवश्यक जाँचपछि आईसीडीको ब्याट्री फेरेको उपचारमा संलग्न डा. यादव भट्टले जानकारी दिए।
उनलाई सुरुदेखि नै मुटुसम्बन्धी समस्या रहेकाले फलोअपका लागि अस्पताल लगिएको हो।