काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ चैत्र २०८२
डीपी अर्याल।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उप-सभापति डीपी (डोलप्रसाद) अर्याललाई प्रतिनिधिसभाको सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

रास्वपाका संसदीय दलको बिहीबार सिंहदबारमा बसेको बैठकले अर्यालले सभामुख बनाउने निर्णय गरेको हो। पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम सभामुखमा प्रस्ताव गरेका थिए। जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको सांसद तथा पार्टी प्रवक्ता मनीष झाले बताए।

प्रतिनिधिसभामा समाभुखको निर्वाचन २२ चैतमा हुँदै छ।

रास्वपा संसदीय दलको बैठक।