काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ।

पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङका अनुसार पार्टीले उपसभामुखमा महिला उम्मेदवार उठाउने भएको हो।

उनले सामाजिक सञ्जालमार्फत सभामुखमा निर्विरोध चयन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई बधाइ दिँदै उक्त जानकारी दिएका हुन्।

‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९?,’ उनले लेखेका छन्।