काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराएको छ।

चेन्नईमा भएको खेलमा पञ्जाबले २ सय १० रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। चेन्नईले दिएको ठूलो लक्ष्य पछ्याउने क्रममा पञ्जाबका ब्याटरहरूले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरे।

कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे। त्यसअघि ओपनर प्रियांश आर्याले ११ बलमा ३९ रन बनाउँदै आक्रामक सुरुवात दिलाएका थिए। अर्का ओपनर प्रभसिमरन सिंहले ४३ रन बनाए। कूपर कोनोलीले २२ बलमा ३६ रन बनाए।

चेन्नईका लागि म्याट हेनरी र अन्शुल कम्बोजले २-२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९ रनको ठूलो स्कोर बनाएको थियो।

चेन्नईका लागि आयुष म्हात्रेले उत्कृष्ट प्रदर्शन गर्दै ४३ बलमा ७३ रन बनाए। चेन्नईका शिवम दुबेले पनि महत्वपूर्ण इनिङ्स खेल्दै ४५ रन जोडे। अन्तिम ओभरतिर सरफराज खानले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३२ रन बनाए।

पन्जाबका विजयकुमार वाइशाकले २ विकेट लिए भने जेभियर बार्टलेट, मार्को यानसेन र युजभेन्द्र चहलले १-१ विकेट लिए ।