काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२५ चैत्र २०८२
तस्बिरहरू : बिक्रम राई
अ+
अ-

काठमाडौँ। राष्ट्रिय सभाका समिति सभापतिहरूले बुधबार बिहान शपथ लिएका छन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा समिति सभापतिहरूलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ खुवाएका हुन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी, संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई ,विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय, विकास/आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल रहेका छन्।