काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ चैत्र २०८२
अ+
अ-

ललितपुर। ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ ।

झापा घर भई हाल इमाडोल बस्ने ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।

प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले हतियार प्रहार गरेका हुन् । हत्या गरी भाग्दै गरेको अवस्थामा प्रहरीले सञ्जीवसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।

बुधबार साँझ नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो । उनीहरू एक–आपसमा अपरिचित हुन् । नचिनेको नम्बरबाट फोन आएपछि सुरुमा केहीबेर सामान्य कुराकानी भए पनि पछि सोही विषयलाई लिएर भनाभन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

फोनमार्फत भएको भनाभन पछि दुवै पक्षबीच भेटेरै कुरा गर्ने सहमति भएको थियो। सोही क्रममा बुधबार दिउँसो करिब ४ बजेतिर पाटन दरबार क्षेत्रमा भेट हुँदा विवाद चर्किँदै जाँदा सञ्जीव नेपालीले छुरा प्रहार गरेका थिए।