काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२६ चैत्र २०८२
अ+
अ-

नाइजेरिया। उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको मृत्यु भएको जनाइएको छ।

नाइजर राज्यको शिरोरो क्षेत्रको इरिना सहरमा भएको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

यसै गरी बन्दुकधारीहरूले केब्बी राज्यका धेरै सहरहरूमा गरेको आक्रमणमा अन्य ४० भन्दा बढीको मृत्यु अधिकारीहरूले उल्लेख गरेका छन्।

पछिल्लो समयमा नाइजेरियाली राज्यहरूले सुरक्षा संकटको सामना गरिरहेका छन्, जहाँ सशस्त्र गिरोहहरूले गाउँहरू लुटेका छन् भने बासिन्दाहरूलाई अपहरण गरेका छन्।

यस्ता घटनाहरू दिनदहाडै बढ्दै जाँदा डर फैलिएको छ भने उत्तर पश्चिममा सक्रिय उग्रवादी समूहहरूले दक्षिणतिर आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेका छन्।