काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

जिद्दी र प्रतिभाले लता मंगेशकरको सिंहासनसँग प्रतिस्पर्धा

२९ चैत्र २०८२
आशा भोसले।
अ+
अ-

काठमाडौँ। चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालका चिकित्सकहरूले उनको निधन उपचारकै क्रममा भएको बताएका छन्।

आशा भोसलेलाई हृदयघात भएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो। आफ्नो सांगीतिक करिअरमा १२ हजारभन्दा बढी गीत गाएकी भोसलेले धेरै नेपाली गीतमा आफ्नो स्वर भरेकी छन्। उनी नेपाली स्रोतामाझ पनि उत्तिकै लोकप्रिय थिइन्।

उनको स्वरको चञ्चलता र चञ्चल गीतमा भने उनको लामो र कठिन संघर्षको उल्लेख कमै पाइन्छ। सत्य यो हो कि- उनको उत्कृष्ट प्रतिभाका बावजुद, आशालाई ‘सधैँ दोस्रो नम्बर’ मै रहनुपरेकामा सन्तुष्ट हुनुपरेको थियो। किनभने उनकी आफ्नै महान् अनि दिग्गज दिदी लता मंगेशकर हिन्दी फिल्म उद्योगमा ‘नम्बर वन’ अर्थात् सबैभन्दा अग्र थिइन्।

जब लताको नाम नाम हिन्दी पार्श्व गायनमा चम्किरहेकी थिइन्। आशा भने सूर्यको प्रकाशअगाडि आफ्नै ज्योति बाल्न कटिबद्ध थिइन्।

त्यो बेला लगभग असम्भवजस्तै थियो। तर आफ्नो जिद्दी र अतुलनीय प्रतिभाका बलमा आशाले छायाबाट बाहिर आएर सांगीतिक क्षितिजमा आफ्नो छुट्टै ठाउँ सिर्जना गरिन्।

सांगीतिक विरासत र संघर्षको सुरुवात
संगीतसँग आशाको सम्बन्ध बाल्यकालमै स्थापित भएको थियो । उनका बुबा दीनानाथ मंगेशकर शास्त्रीय संगीतका मास्टर र मराठी थिएटरका सम्मानित व्यक्तित्व थिए। उनका पाँच छोराछोरी लता, मीना, आशा, उषा र छोरा हृदयनाथलाई बाल्यकालदेखि नै धुनको लगाव थियो।

सन् २००८ मा हृदयनाथ मंगेशकर (बीच) को ७२औँ जन्मदिनका अवसरमा मुम्बईमा एउटा कार्यक्रममा आशा भोसले (बायाँ) र लता मंगेशकर।

बाल्यकालमा लता र आशाको जोडी अटूट थियो। आशा आफ्नी जेठी बहिनीलाई छायाझैँ पछ्याइन्। तर आशा ९ वर्षको हुँदा बुबाको छाया हरायो। बुबाको निधनले मंगेशकर परिवार गहिरो आर्थिक संकटमा परेको थियो।

जीविकोपार्जनको खोजीमा परिवार पूणे र कोल्हापुर हुँदै सन् १९४५ मा बम्बई (मुम्बई) आएका थिए।

यहाँ १४ वर्षीया लताले सम्पूर्ण परिवारको जिम्मेवारी आफ्नो काँधमा लिएर फिल्मी संसारको कठिन संघर्ष आरम्भ गरिन्। चाँडै आशा पनि उनको संघर्षमा सहभागी बनिन्।

पहिलो कदम र सफलताको खोजी
आशाले सन् १९४८ मा चलचित्र ‘चुनरिया’ मार्फत पार्श्व गायनको संसारमा प्रवेश गरेकी थिइन्। उनले गीता दत्त र शमशाद बेगमसँग आफ्नो पहिलो गीत ‘सावन आया रे’ गाइन्। त्यसको एक वर्षपछि सन् १९४९ मा उनले फिल्म ‘रात की रानी’बाट पहिलो एकल गीत गइन्।

यो वर्ष जेठी बहिनी लता मंगेशकरका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो। फिल्म ‘महल’को ‘आयेगा आनेवाला…’ गीतले लतालाई रातारात सफलताको शिखरमा पुर्यायो। यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। सन् १९५० को दशकमा लताले सफलताको सिँढी द्रुत गतिमा चढ्न थालिन्। नौशाद, सी. रामचन्द्र, शंकर-जयकिशन र एसडी बर्मनजस्ता दिग्गज संगीतकारहरूको उनी पहिलो रोजाइ बनिन्। -बीबीसी हिन्दी न्युज