काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३० चैत्र २०८२
अ+
अ-

काठमाडौँ । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा उनीहरूबीच आज दुई देशबीचको स्वास्थ्य क्षेत्रको साझेदारीलाई थप दिगो र प्रभावकारी बनाउने विषयमा भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार भेटमा स्वास्थ्य सेवाको आधुनिकीकरणका विषयमा पनि गहन छलफल भएको जनाइएको छ ।

भेटमा मन्त्री मेहताले नेपालको सामाजिक, आर्थिक विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकाे मन्त्रालयमा सहप्रवक्ता डा अधिकारीले बताए।