काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो फिचर

नयाँ वर्षको अवसरमा न्युरोडमा आयोजित सांस्कृतिक कार्यक्रममा नेवारी समुदायका परम्परागत खानाका स्टलसँगै हस्तनिर्मित सामग्री प्रदर्शन

१ बैशाख २०८३
तस्बिरहरू : सुशीला अधिकारी
अ+
अ-

काठमाडौँ। नयाँ वर्ष २०८३ को अवसरमा न्युरोडमा सांस्कृतिक झाँकी प्रदर्शनी गरिएको छ।

न्युरोड क्षेत्रमा सांस्कृतिक झाँकीसहित परम्परागत नेवारी नाच प्रदर्शनसमेत गरिएको छ। नयाँ वर्ष‚ त्यसमा पनि सार्वजनिक बिदा। सर्वसाधारणहरू न्युरोड क्षेत्रमा किनमेलसँगै सांस्कृतिक प्रदर्शन हेर्नका लागि पुगेका छन्।

नयाँ वर्षको शुभकामना सँगसँगै नेवारी समुदायले परम्परागत नृत्य र बाजाको प्रदर्शन गरिएको छ।

साथै नेवारी समुदायले आफ्नो संस्कृति झल्किने खाना तथा खाजा परिकार बनाएर प्रदर्शनीमा राखेका छन्। हस्तनिर्मित सामग्रीहरू पनि बिक्रीमा राखिएका छन्।

हेर्नुहोस् नयाँ वर्ष २०८३ को आगमनसँगै न्युरोड क्षेत्रमा देखिएका थप दृष्य :

-अधिकारी प्रशिक्षार्थी पत्रकार हुन्।