काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२ बैशाख २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित यसै हप्ता वार्ता पुनः सुरू हुने संकेत गरेका छन् ।

पाकिस्तानमा आइतबार २१ घण्टासम्म भएको प्रत्यक्ष वार्ता नतिजाविहीन बनेको थियो । अहिले अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ ।

मंगलबार प्रकाशित न्यूयोर्क पोस्टसँगको अन्तर्वार्तामा ट्रम्पले आगामी दुई दिनमा पाकिस्तानमा वार्ता पुनः सुरू हुन सक्ने बताएका छन् ।

ट्रम्पले सुरूमा वार्ता युरोपमा हुने बताएका थिए तर पछि फिर्ता बोलाएर उनीहरू इस्लामाबाद फर्कने ‘अधिक सम्भावना’ रहेको बताएको पत्रिकामा उल्लेख छ ।

इरानी पक्षले ट्रम्पको टिप्पणीमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, तर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले वार्ता पुनः सुरु हुने ूअत्यधिक सम्भावनाू रहेको बताएका छन् ।

रोयटर्स समाचार एजेन्सीका अनुसार खाडी, पाकिस्तानी र इरानी अधिकारीहरूले पनि वाशिंगटन र तेहरानका वार्ता टोलीहरू यस हप्ताको अन्त्यमा पाकिस्तान फर्कन सक्ने बताएका छन् । मितिमा अहिलेसम्म सहमति भएको छैन ।

२८ फेब्रुअरीमा अमेरिकी र इजरायली हवाई आक्रमणबाट आक्रमण भएदेखि इरानले तेल र ग्यास ढुवानीको लागि महत्वपूर्ण विश्वव्यापी जलमार्ग होर्मुज जलडमरूलाई बन्द गरेको छ।