काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीको लागि इजरायल, कुवेत, बहराइन र लेवनानको पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ।

वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गर्दै गत ३० चैतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयानुसार चार देशका पुनः श्रम स्वीकृति कार्य सुचारु गरिएको जनाएको छ।

अमेरिका-इरानबीच युद्ध चर्किएपछि सरकारले १७ फागुन २०८२ मा मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो।

यसअघि साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, यमन, जोर्डन र टर्की को पुनः श्रम स्वीकृति सूचारु गर्ने निर्णय सरकारले गरेको थियो।

बाँकी देशहरू इजरायल, कुवेत, बहराइन र लेबनान देशको पुनः श्रम स्वीकृति सुचारु गर्ने निर्णय ३० चैतमा गरिएको हो।