काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

३ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिहरूका सभापतिहरूमा नाम प्रस्ताव गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले संसदीय समितिहरूका सभापतिहरूको नाम प्रस्ताव गरेको हो।

१६ वटा संसदीय समिति रहेका संघीय संसद्‍मा प्रतिनिधिसभाअन्तर्गत १० वटा समिति छन्। राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् भने दुईवटा संयुक्त्त समिति छन्।

सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने रास्वपाले जनाएको छ।

रास्वपाले टुंग्याएका समितिका सभापतिका उम्मेदवार

१) कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटा

२) पूर्वाधार विकास समिति– आशिष गजुरेल

३) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

४) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

५) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई

६) महिला तथा सामाजिक मामिला समिति–

७) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहवर अन्सारी

८) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

९) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास

१०) अर्थ समिति– कृष्णहरी बुढाथोकी

११) संसदीय सुनुवाई – बोधनारायण श्रेष्ठ