काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

५ बैशाख २०८३
अ+
अ-

धनगढी। कैलालीमा मरेको कुखुराको मासु खाएर बिरामी भएका दाजुभाइको मृत्यु भएको छ।

मरेको ब्रोइलर कुखुराको मासु खाएका कैलालीको चुरे गाउँपालिका ३‚ भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ। दीपक र भीम दाजुभाइ हुन्। उनीहरूले बिहीबार मरेको ब्रोइलर कुखुराको मासु खाएका थिए। दुवै दाजुभाइको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

मरेको कुखुराको मासु खाएका मृतककी २८ वर्षीया आमा राधिका ताम्राकार र राधिकाका कान्छा छोरा ३ वर्षीय दीपेशको सोही अस्पतालमा उपचार भइरहेको छ।

घटना बिहीबारको भए पनि शुक्रबार मात्र खबर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए। अस्वस्थ मरेको पशुपक्षीको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुने भन्दै चिकित्सकहरूले सचेत रहन आग्रह गरेका छन्।