काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कालाई स्पष्टीकरण फिर्ताको कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको समितिको बैठकपछि अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण सोध्ने यसअघिको निर्णय फिर्ता लिने विषयमा छलफल नभएको बताए। उनले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको सोमबार पाँच दिनमात्रै भएको उल्लेख गरे।

अनुशासन समितिले पार्टीको विधानअनुसार प्रक्रियागत ढंगले काम गरिरहेको भन्दै फिर्ता लिने कुनै कुरा नभएको उनको भनाइ छ।