काठमाडौँ। व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई काठमाडौँको नक्सालबाट पक्राउ गरिएको एआईजी मनोज केसीले नेपालन्युजलाई जानकारी दिए।
हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ गरेको विषयमा नेपाल धितोपत्र बोर्डले अनुसन्धानका लागि सिफारिस गरेसँगै उनलाई पक्राउ गरिएको हो। गोल्छाले भट्टको कारोबारको रकम भुक्तानीमा सहयोग गरेको बोर्डको प्रतिवेदनमा छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा उनको संलग्नता देखिएको थियो।