काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१३ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा रु पाँच लाख चार हजार राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ६८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका २७५, ट्राफिक संकेत उल्लङ्घन १४५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ९६, निषेधित क्षेत्रमा हर्न बजाउने ७५, निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ५९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४१३ जनालाई कारबाही गरिएको हो।