काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१४ बैशाख २०८३
नेकपाका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपाल।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ११ देखि १५ मंसिरसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।

पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो। पार्टीनिकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका, वडा संगठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ।

आगामी १५ कात्तिकभित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ। यो निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्नेछ।