काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१८ बैशाख २०८३
अ+
अ-

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध आजको खेलमा नेपाली टिममा ठूलो परिवर्तन देखिएको छ।

त्रिवि क्रिकेट खेलमैदानमा भर्खरै सुरु भएको खेलमा ब्याटिङ तथा बलिङमा नेपालले ठूलो परिवर्तन गरेको हो ।

नेपालको दुवै नियमित ओपनर आजको खेलमा छैनन् । कुशल भुर्तेल र आसिफलाई बाहिर राख्दा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारीले मौका पाएका छन् । यस्तै अर्जुन कुमालले डेब्यू गरेका छन् ।

आरिफ पनि प्लेइङ ११ मा समावेश भएका छन् । बलिङतर्फ करण केसी र बसिर अहमदलाई बाहिर राखिएको छ । नन्दन यादव र ललित राजवंशीले पुनगामन गरेका छन् ।