काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ । त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए ।
सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।





