फोटो कथा
खोलाकिनारका संरचना भत्काउन सुरु
काठमाडौँ। काठमाडौँ उपत्यकाका नदीकिनारमा रहेका अनधिकृत सुकुम्बासी बस्ती र अतिक्रमण गरिएका जग्गा खाली गराउने सरकारको योजनाअनुरूप कपनको साततले क्षेत्रमा डोजर चलाइएको छ।
बूढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको सीमा क्षेत्रमा पर्ने कपनको साततलेस्थित सार्वजनिक जग्गा र खोलाको बहाव क्षेत्र मिचेर बनाइएका संरचनाहरू हटाउन स्थानीय प्रशासनले सक्रियता देखाएको हो।
लामो समयदेखि खोलाकिनार मिचेर निर्माण गरिएका टहरा र स्थायी संरचनाहरू भत्काउन डोजर प्रयोग गरिएको छ। सम्भावित तनाव र अवरोधलाई मध्यनजर गर्दै यहाँ ठुलो संख्यामा नगर प्रहरी र जनपद प्रहरी परिचालन गरिएको छ।
यसअघि कपन क्षेत्रमा ढल निकास र खोला व्यवस्थापनको विषयलाई लिएर पटक-पटक विवाद हुँदै आएको थियो। सोमबार डोजर चल्न थालेपछि स्थानीय बासिन्दा र तटीय क्षेत्रमा बस्दै आएका व्यक्तिमा अन्योल देखिएको छ। कतिपयले विकल्पविना हटाउन लागिएको भन्दै विरोध जनाएका छन्।
हेर्नुहोस् थप तस्बिर :

