काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालका कप्तान कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले ओपनिङमा अर्जुन कुमाल र विनोद भण्डारीलाई नै उतारेको छ। बसिर अहमद, भीम सार्की, कुशल भुर्तेल र सोमपाली कामी बेन्चमा रहँदा आसिफ शेख र ललित राजवंशीलाई उतारिएको छ।
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), आसिफ सेख, आरिफ सेख, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल खेल्दैछन् ।