फोटो कथा
२०७२ सालको भूकम्पले खण्डहर बनेको सिंगो गाउँ बिस्तारै उठ्दै
उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ स्थित सिङ्ला गाउँ समुद्री सतहदेखि करिब २,१०० मिटरमा अवस्थित छ। गुरुङ समुदायको बसोबास रहेको सिङ्लामा २०० भन्दा धेरै घरधुरी छन्। ।
गुप्सिपाखा, लाप्राक गाउँदेखि साढे दुई घण्टाको पैदल दूरीमा रहेको यो गाउँ तल्लो मनास्लु पदमार्गअन्तर्गत पर्दछ। यहाँकाे प्रमुख पेसा कृषि, ट्रेकिङ र वैदेशिक रोजगार हो।
२०७२ सालको भूकम्पले खण्डहर बनेको सिंगो गाउँ बिस्तारै उठ्न थालेको छ।
गोरखा जिल्लाको दुर्गम गाउँ सिङ्लामा कच्ची ट्र्याक खोलिए पनि सवारीसाधन भने पुग्न सकेको छैन, जसकारण सो गाउँका स्थानीय घन्टौँ पैदल हिँड्न बाध्य छन्।
जिल्लाकै माछाखोला, लाप्राक र बारपाकदेखि सिङ्लामा खाद्यान्न लगायत दैनिक उपभोग्य समान खच्चरमार्फत ढुवानी गरिन्छ।
पर्यटकीय दृष्टिकोणले अति सुन्दर यस गाउँबाट गणेश, श्रिंगी, बौद्धलगायत हिमालको अवलोकन गर्न सकिन्छ। गाउँबाट करिब दुई घण्टाको उकालोपछि ३,२५० मिटरमा रहेको रमणीय रुकाङ डाँडा पर्दछ। गाउँमा गुरुङ समुदायको रहनसहन र संस्कृति अवलोकन गर्दै अर्गानिक खानाको स्वाद लिन पाइन्छ।
हेर्नुहोस् थप तस्बिर :

